२०८१ कात्तिक २२ गते
काठमाडौं । आज सुनको मूल्य तोलामा ४ हजार रुपैयाँले घटेको छ । आज सुनको मूल्य तोलामा ४ हजार रुपैयाँ घटेर तोलाको १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको मूल्य तोलाको १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । बिहिबमर चाँदीको मूल्य तोलामा ५५ रुपैयाँ घटेर एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ट ट्रम्प विजयी भएसँगै विश्व बजारमा सुनको भार घटेको छ भने डलरको भाउ उच्च भएको छ ।
प्रतिक्रिया