सुनको मुल्यमा गिरावट, कतिमा हुँदै छ कारोबार?

२०८१ कात्तिक ०८ गते

सुनको मुल्यमा गिरावट, कतिमा हुँदै छ कारोबार?

काठमाडौँ।  केहि दिन देखि लगातार रेकर्ड बनाइरहेको सुनको मूल्य, बिहिबार भने घटेको छ।  आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ घटेको हो ।

यस दिन नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महसंघले जनाएको छ । अघिल्लो कारोबार दिन छापावाला सुन प्रतितोला एक लाख ६६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

बिहिबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ।  यस दिन चाँदी ४० रुपैयाँले घटेर प्रतितोला दुई हजार ९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।