सभामुखलाई किन भेट्न गइरहेका छन् रवि लामिछाने ?

२०८१ चैत १९ गते

सभामुखलाई किन भेट्न गइरहेका छन् रवि लामिछाने ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै छन् ।लामिछानेले रास्वपाका सांसदहरु सहित आज बिहान १० बजे सिंहदरबारमा सभामुखलाई भेट्न लागेको प्रवक्ता मनिष झाले जनाकारी दिएका हुन् ।

उनीविरुद्ध पुस ७ मा जिल्ला अदालत, कास्कीमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा विपक्षी बनाएर मुद्धा दायर भएपछि गत पुस ८ गतेदेखि सांसद पद निलम्बन भएको थियो ।

तर लामिछानेले संबिधान विपरित सांसदबाट आफुलाई निलम्बन गरिएको बाताउँदै आएका छन् ।