२०८० भदौ ०९ गते
काठमाडौं- बागमती नदीमा आज र्याफ्टिङ गरिएको छ। बागमती नदी सभ्यताको पहिचान, संरक्षण र सम्बर्द्धनका साथै जल पर्यटनको सम्भावना उजागर गर्ने उद्देश्यले आज बागमती नदीमा र्याफ्टिङ गरिएको हो।
बिहान कुपण्डोलस्थित बागमती पुलबाट कीर्तिपुरको सुन्दरीघाटसम्म ६ किलोमिटर दुरीमा जलयात्रा गरिएको छ। पन्ध्र बोटमा एक सय ५० जनाले र्याफ्टिङ गरेका थिए। पञ्चेबाजा, नेवारी बाजा र ‘म्युजिक ब्यान्ड’ सहित जलयात्रा महोत्सव गरिएको थियो।
तस्बिरहरु :




प्रतिक्रिया