डोनाल्ड ट्रम्पको विदेशी सहायता रोक्ने निर्णयपछि युएसआइडी मार्फत नेपालले पाउने सहायता तत्कालका लागि स्थगित

२०८१ माघ १४ गते

डोनाल्ड ट्रम्पको विदेशी सहायता रोक्ने निर्णयपछि युएसआइडी मार्फत नेपालले पाउने सहायता तत्कालका लागि स्थगित

काठमाडौ । अमेरिकाको सहयोग नियोग (युएसएड)ले नेपाललाई दिने आर्थिक सहयोग स्थगित गरेको छ । युएसएडले अर्थमन्त्रालयलाई पत्र लेख्दै ४ वटा आयोजनामा प्राप्त अनुदान सहयोग तत्काल ९० दिनका लागि रोकिएको जानकारी गराएको हो ।

युएसएडले नेपाललाई यी आयोजनाका लागि ८० अर्ब नेपाली रुपैयाँ उपलब्ध गराउने सम्झौता भएको थियो । युएसएड र नेपाल सरकारबीच २०२२ मे ५ मा हस्ताक्षर भएको डेभलपमेन्ट अब्जेक्टिभ एग्रिमेन्ट मार्फत नेपाललाई प्राप्त भएको अनुदान सहायता मध्ये बजेट प्रणाली मार्फत सर्वसञ्चित कोषबाट भुक्तानी हुने प्रक्रितिका ४ वटा आयोजनामा युएसएडले अनुदान रोक्का गरेको हो ।

यस ९० दिनको अवधिमा स्थगित भएका आयोजना अन्तर्गत यूएसएड श्रोततर्फ कुनै दायित्व श्रृजना गर्ने कार्य नगर्न सम्बन्धित सबै सम्बद्ध निकायहरुलाई जानकारी गराईएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्दै विश्वभर अमेरिकाले गर्ने सहयोगलाई कटौती गर्ने निर्देशन जारी गरेका थिए।