ग्लोबल आइएमई लघुवित्तले गर्यो लाभांश घोषणा

२०८० मंसिर २५ गते

ग्लोबल आइएमई लघुवित्तले गर्यो लाभांश घोषणा

काठमाडौं। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड (GILB) ले  नगद लाभांश घोषणा गरेको छ।

कर प्रयोजनसहित हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने लघुवित्तले घोषणा गरेको हो। मंसिर २४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय सदर गरेको छ।

सो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएमा आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।