नबिलको कामु सिईओको जिम्मेवारी पाए ज्ञवालीले

२०८१ चैत १३ गते

नबिलको कामु सिईओको जिम्मेवारी पाए ज्ञवालीले

काठमाडौ । नबिल बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त भएका छन् । उनी वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (वरिष्ठ डेपुटी सीइओ) रहेका थिए । बैंक सञ्चालक समितिको बैठकले उनलाई कामु सीइओमा नियुक्त गरेको हो ।

नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने दौडमा रहेक नबिल बैंकका तत्कालिन सीइओ ज्ञानेन्द्र ढुंगानाले पदबाट राजीनामा दिएसँगै सञ्चालक समितिले ज्ञवालीलाई कामु सीइओको जिम्मेवारी दिएको हो ।