२०८० फागुन ०६ गते
काठमाडौँ । मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको आरोपमा खानेपानी मन्त्रालयका पूर्वसचिव भिम उपाध्यायसहित १७ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पूर्वसचिव उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुरविरूद्ध आइतबार मुद्दा दायर गरेकाे छ ।
यसैगरी, अदालतले मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल र रुद्रसिंह तामाङ, कार्यकारी निर्देशहकहरू घनश्याम भट्टराई, रामचन्द्र देवकोटा, सूर्यराज कडेल सहित १५ जना नेपाली र अन्य तीन जना विदेशी परामर्शदातालाई पनि प्रतिवादी बनाइएको छ ।
प्रतिक्रिया