समाचारको लागि भिडियो खिचिरहेका एभिन्यूजका पत्रकार तिनकुने आगालागीमा अस्ताए

२०८१ चैत १५ गते

समाचारको लागि भिडियो खिचिरहेका एभिन्यूजका पत्रकार तिनकुने आगालागीमा अस्ताए

काठमाडौ । शुक्रबार भएको राजावादी आन्दोलनका क्रममा आगलागीमा परेर एक जना पत्रकारको निधन भएको छ । तिनकुनेको आगो लागिरहेको घरबाट लाइभ गरिरहेका एभिन्युज टेलिभिजनका भिडियो पत्रकार सुरेश रजकको निधन भएको प्रहरीले पुष्टि गरेको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो ।