२०८१ जेठ ३१ गते
काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकालाई सामुदायिक विद्यालयका भाडामा लगाएका सटर बन्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश लेखनाथ पौडेलको एकल इजलासले सटरमा ताला लगाउन काठमाडौँ महानगरपालिकालाई आदेश दिएको हो ।
बिहीबार तुलसीप्रसाद अगस्तीले दर्ता गरेको निवेदन उपर अदालतले यस्ताे आदेश दिएको हो। अदालतले यहिँ असार ७ गतेसम्म सटर बन्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएकाे छ । यसकासाथै अदालतले छलफलका लागि पनि महानगरलाई बोलाएको छ ।
केहि दिनयता काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयले भाडामा लगाएका सटरमा ताला लगाइरहेको छ । महानगरले हालसम्म २७ विद्यालयका ३४० सटरमा ताला लगाइसकेको छ । विद्यायलका संरचना शैक्षिक प्रयोजनका लागि मात्र प्रयोग हुनुपर्ने दाबी गर्दै महानगरले सटर खाली गराइरहेकाे थियाे ।
प्रतिक्रिया