सार्वजनिक जग्गा मिचेर बनाइएको घरटहरा भत्काउन गएका वडाध्यक्ष सुबेदीमाथि ७१ वर्षिय बृद्धले गरे रडले हान्ने प्रयास

२०८१ चैत ०३ गते

सार्वजनिक जग्गा मिचेर बनाइएको घरटहरा भत्काउन गएका वडाध्यक्ष सुबेदीमाथि ७१ वर्षिय बृद्धले गरे रडले हान्ने प्रयास

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष दिपक सुबेदीमाथि रड हान्ने प्रयास भएको भिडियो यति बेला सामाजिक संजालमा भाइरल बनिरहेको छ । उक्त भिडियोमा सार्वजनिक जग्गा मिचेर बनाइएको घरटहरा भत्काउन गएका वडाध्यक्ष सुबेदीमाथि एक व्यक्तिले रड हान्ने प्रयास गरेको देखिएको छ ।सार्वजनिक जग्गा मिचेर घरटहरा नबनाउन अनुरोध गरिरहेका वडाध्यक्ष सुबेदीलाई आफू ७१ वर्षको बृद्ध बताउने ती व्यक्तिले रडले हान्न खोज्दा त्यहाँ उपस्थित अन्य जनप्रतिनिधि र स्थानीय बासिन्दाले छडले हान्न रोकेको उक्त भिडियोमा प्रस्ट देखिन्छ ।

त्यसपछि घटनास्थलमा पुगेको पोखरा महानगरको नगर प्रहरी टोलीले सार्वजनिक जग्गा मिचेर बनाइएको भनिएको उक्त टहरो भत्काएको पनि त्यस भिडियोमा देखिएको छ ।